Comments Add Comment

शान्ति र सद्भावका लागि मधेसमा मैत्रिपूर्ण क्रिकेट हुने

सलमान खान

२८ माघ, भैरहवा । मधेश आन्दोलन र विभिन्न राजनीतिक गतिविधिका कारण सामाजिक सद्भाव कमजोर भएको भन्दै शान्ति र सद्भावका लागि मधेसका ७ शहरमा मैत्रीपुर्ण टी-२० क्रिकेट हुने भएको छ ।

Year-of-Harmony-2016‘सद्भाव वर्ष २०१६’ का अवसरमा ‘सदभावका लागि ट्वान्टी ट्वान्टी क्रिकेट खेलौँ’ भन्ने मुल नाराका साथका ग्लोबल पिस फाउण्डेशन नेपाल, संयुक्त युवा तथा विद्यार्थी मञ्च, टुर डे लुम्बिनी-पेडल फर पिस र लुम्बिनी वल्र्ड पिस फोरमको संयुक्तमा आयोजना हुन लागेको हो ।

आगामी चैत्त ८ गते देखि चैत १८ गतेसम्म मधेसका ७ वटा मुख्य शहरहरु मैत्रीपुर्ण टी-ट्वान्टी सद्भाव क्रिकेट आयोजना गरिएको कार्यक्रमका केन्द्रीय संयोजक तथा बुम रेमिट्यान्स प्रालिका प्रबन्धक धिरेन्द्र पन्तले बताए ।

मधेसको भैरहवाका साथै पुर्वमा विरगञ्ज, जनकपुर, राजविराज, विराटनगर र पश्चिममा कैलालीको टिकापुर तथा बाँकेको नेपालगञ्जमा मैत्रीपुर्ण टि ट्वान्टी क्रिकेट खेलको आयोजना हुनेछ ।

‘वर्षो युग देखि सगँसँगै बस्दै आएको हामी नेपालीको बिचको सदभाव केही राजनितिक दलहरुका कारण कमजोर भएको जस्तो छ’ संयोजक पन्तले बिहीबार पत्रकार सम्मलेनमा भने – ‘त्यसैले हामी नेपाली बिचको सदभाव कायम रहोस भन्ने उद्देश्यले मधेसमा क्रिकेट खेलको आयोजना गर्न लागेका हौँ ।’

सद्भावका लागि अन्य कार्यक्रमहरु लुम्बिनी आर्ट क्याम्प २०१६, लुम्बिनीको फोटो प्रर्दशनी, नयाँ वर्ष २०७३ को अवसरमा शान्ति र सद्भावका लागि सांस्कृतिक कार्यक्रम, मधेश र पहाडका विद्यार्थीहरुबीच चिठ्ठी पत्र आदान प्रदान, देशव्यापीरुपमा मधेस र पहाडका युवाहरुबिच अन्तरसंवाद लगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment