Comments Add Comment

सुनको मूल्य तोलामा ५४ हजार ५ सय पुग्यो

२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च दरमा उकालो लाग्ने क्रम जारी छ ।  मंगलबार तोलाको ५ सय रुपैयाँले बढ्दा सुनको मूल्य झण्डै २ वर्ष अघिकै बिन्दुमा पुगेको छ ।

Sun Chadiबिहीवार छापावाल सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुनको मूल्य स्थिर रहँदै ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ उकालो लागेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

कच्चा तेलको मूल्य सस्तो भएका कारण अधिकांश लगानीकर्ताको ध्यान सुनमा तानिएको महासंघको ठहर छ ।

बजारमा माग उच्च भएपछि सुनको मूल्य बढ्ने गरेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँमा कारोबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment