Comments Add Comment

निखिल फिल्म खेल्दा स्कुल पढ्थिन् वेनिशा, भन्छिन्-‘हाम्रो जोडी जम्छ’

benisha-himal-sagar
नायक निखिल उप्रेतीकी नायिका बन्ने कुराले उत्साहित छिन् बेनिशा हमाल । सबिर श्रेष्ठको निर्देशन रहने अनटाइटल प्रोजेक्टमा बेनिशा र निखिलले मुख्य भुमिका निर्वाह गर्दैछन् ।

‘हो म एउटा चलचित्रमा निखिलकी नायिका बन्दै छु । उहाँको नायिका बन्ने खबरले उत्साहित छु ।’ अनलाइनखबरसँग कुरा गर्दै ‘स्वर’ डेब्यू सुन्दरीले भनिन् ।

निखिल जतिवेला नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए, बेनिशा स्कुल पढ्दै थिईन् । वेनिशा भन्छिन्- ‘निखिल उप्रेतीको वारेमा सुन्दा म ६/७ कक्षामा पढ्दै थिए ।’

निखिल चलचित्रमा ब्यस्त हुँदै गए । उता बेनिशाले पनि स्कुलको पढाई पुरा गरिन् । कलेज पढ्दै गर्दा कालिका एफएफमा कार्यक्रम प्रस्तोत थिइन् बेनिशा ।

त्यहि वेला निखिल उप्रेती अभिनित चलचित्र ‘हामी तीन भाई’ प्रदर्शन भएकोे थियो । वेनिशा सम्भिmदै भन्छिन्-‘हामी तीन भाई रिलिजको बेला पहिलो पटक मैले निखिललाई नजिकवाट देखें ।’

अर्को कुरा पनि गरिन् उनले । ‘आजसम्म भेट भएको छैन ।’ ‘हामी तीन भाई’ हेरेर उनी निखिलकी फ्यान भएकी थिइन् । उक्त चलचित्रमा अभिनय गरेका राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल मध्ये निखिल उनलाई राम्रो लागेको थियो ।

उनको बुझाईमा निखिल समय अनुसार चल्न सक्ने नायक हुन् । केही वर्ष हराएका निखिल निर्देशक समेत भएर फर्किदा पनि दर्शकवाट तारिफ पाइहाले । उनको क्षमतावाट प्रभावित बेनिशा भन्छिन्-‘उहाँले अहिलेका दर्शकको चाहना अनुसार चलचित्र बनाउनु भयो त्यहि कारण दर्शकले मन पराए ।’

यति हुँदा हुँदै पनि निखिल र बेनिशाको उमेर अन्तरको कारण केमेष्ट्री नमिल्ने त हैन ? आशंका छँदैछ । स्त्रिmप्ट पढिसकेकी बेनिशा ढुक्कले भन्छिन्-‘कुनै समस्या हुन्न । हाम्रो जोडी मजाले जम्छ ।’

अपोजिट को छ हेरेर मात्रै
म्युजिक भिडियोमा ब्यस्त नायिका हुन् वेनिशा । उनले अभिनय गरेका दर्जनौं भिडियो अहिले पनि युट्युबको सूचिमा छन् । आफ्नो काम गर्ने शैलिमा भने थोरै परिवर्तन भएको सुनाईन् ।

उनको भनाई अनुसार सुरुका केही समय उनले केही भिडियोमा अभिनय गरिन् । धेरै खाले प्रतिक्रिया आयो । कसैले भने धेरै भिडियो नखेल । कसैले भने हेरेर राम्रो मात्रै काम गर्नु ।

अहिले उनी कुनै पनि भिडियोमा काम गर्नु अघि पहिला गीत सुन्छिन् । गीत चित्त बुझ्यो भने अपोजिटमा को छ ? त्यो सोध्छिन् र चित्त बुझ्यो भने मात्रै काम गर्छिन् ।

अभिनय बाहेकको काम गर्दिन
केही दिन अघि मात्रै उनका एक आफन्तले एउटा जागीरको प्रस्ताव गरे । तलब पनि आकर्षक थियो । तर, उनले जागिरतिर रुची नै देखाईनन् । उनी भन्छिन्-‘मैले अभिनयमा एउटा स्थान बनाइसकेकी छुु । फेरि नयाँ ठाउँ गएर शून्यवाट सुरु गर्न चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment