Comments Add Comment

नामिवियाबिरुद्ध नेपाल हार नजिक

Napal-Vs-Namibia

२८ माघ, काठमाडौं । बंगलादेशमा जारी यु १९ बिश्वकप क्रिकेटको सुपरलिग प्ले अफको तेस्रो स्थान तथा समग्रमा सातौं स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले नामिवियाले दिएको २२६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९ विकेट गुमाएर १८९ रन जोडेको छ । नेपाललाई जितका लागि अझै १७ बलमा ३७ रन आवश्यक छ । प्रेम तामाङ र अन्तिम नम्बरका ब्याट्सम्यान सन्दिप लामिछाने क्रिजमा छन् ।

यसअघि नोवौं विकेटका रुपमा नेपालले सुशील कँडेललाई गुमाएको थियो ।

आठौं विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २ रनमा गुमाएको छ ।

नेपालले छैटौं विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाउन पुग्यो । चालीसौं ओभरको पहिलो बलमा कोट्जेको बलमा दिपेन्द्र आउट भए भने चौथो बलमा राजवीर सिंहपनि खाता नखोलि पेविलियान फर्किए ।

यसअघि नेपालले पाँचौं विकेटको रुपमा उपकप्तान आरिफ शेखलाई पनि गुमाएको थियो । ४६ बल खेलेर ३० रन जोडेका शेख बर्टोन ज्याकोवको बलमा क्याचआउट भएका हुन् ।

नेपालले चौथो विकेटका रुपमा सेट ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीलाई ब्यक्तिगत ३५ रनमा गुमाएको थियो । उनले ६४ बलको सामना गरेका थिए ।

दोस्रो विकेटका लागि सुनिल धमलासंग उनले ९७ रनको साझेदारी गरेका थिए ।

यसअघि ओपनर शंकर रानालाई तेस्रो ओभरमै गुमाएको नेपालले २० औं ओभरको अन्तिम बलमा अर्धशतक प्रहार गरेका सुनिल धमलालाई पनि गुमाएको छ ।

ओपनर धमला ५९ रनको व्यक्तिगत स्कोरमा मिचेल मान लिङ्गेनको बलमा क्याच आउट भएका हुन् ।

यसअघि उनले ६३ वलमा ९ चौकाको सहयोगमा ५९ रन बनाएका हुन् ।

त्यसपछि आएका कप्तान राजु रिजालपनि व्यक्तिगत १ रनमै आउट भएका छन् । पाँच बल खेलेका उनीपनि लिङ्गेनकै बलमा आउट भए ।

यसअघि फतुल्लाहस्थित खान साहेव उस्मान अली रंगशालामा टस जितेर ब्याटिङ गरेको नामिवियाले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानहरुको प्रदर्शन उल्लेख्य नरहेपनि नामिवियाका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहँदा ठुलो योगफल बनाउन सफल भयो ।

नेपालका ओपनिङ बलर सुनिल धमलाले इनिङको पहिलो बलमै नामिवियाका ओपनर निको डेभिनलाई पेविलियनको बाटो देखाएका थिए । अर्का ओपनर जर्गेन लिन्डेले पनि १९ रनमात्र बनाउन सके । उनलाई सुशील कँडेलले आउट गरेका हुन् ।

नामिवियाका लोहन लरेन्सले ५९ र मिचेल भान लिंगेनले ५८ रनको उत्कृष्ट पारी खेले ।

बलिङतर्फ सन्दिप लामिछानेले तीन विकेट लिए । सुशील कँडेलले दुई विकेट लिँदा प्रेम तामाङ र सुनिल धमलाले १/१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment