Comments Add Comment

सुशीलप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

CA-Meeting

  • फाइल तस्बिर

२८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा संसदले शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गर्दै संसद बैठक आउँदो फागुन ४ गते बिहान ११ बजेसम्मलाई स्थगित भएको छ ।

शोक प्रस्ताव पारित भएकाबेला अन्य कार्यसूचीमा प्रवेश नगर्ने नियम छ ।

सभामुख ओनसरी घर्तीले राखेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्ताव पारित गरेलगत्तै सांसदहरुले कोइरालाको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।

सन्त नेता कोइरालाको गत सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निबासमै निधन भएको थियो । उनको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

कोइराला दोस्रो संविधानसभा निर्बाचनमा बाँके र चितवनबाट निर्बाचित भएका थिए । पछि उनले बाँके निर्बाचन क्षेत्र रोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment