Comments Add Comment

सलमान-रणवीरले होइन, साहरुखको ‘गेरुआ’ले विर्साउछ कट्रिनाको चिन्ता

salman-and-katrina
जब बलिउड नायिका कट्रिना कैफको नाम अगाडि आउँछ, उनीसँग नायकद्धय सलमान खान र रणवीर कपुर पनि जोडिन्छन् । सलमान र रणवीरको नामले कट्रिनालाई पीछा छाडेको छैन ।

बलिउडमा प्रवेश गर्दा सलमानसँग जोडिएकी कैफ पछि रणवीरसँग जोडिइन् । रणवीर कपुरसँग पनि उनको ब्रेकअप भइसकेको छ ।

आफ्नो नयाँ चलचित्र ‘फितुर’को प्रमोशनका लागि एक टेलिभिजन च्यानलमा पुगेकी कैफले आफूलाई दिकदार हुँदा साहरुख खान अभिनित चलचित्र ‘गेरुआ’ सुनेर फ्रेस हुने बताएकी छिन् ।

यो गीत सुनेपछि आफूलाई रोमाञ्चक महशुश हुने नायिका कैफको भनाई थियो । साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’को सर्वाधिक रुचाइएको यो गीतले बलिउडकी चर्चित नायिकाको दिकदारीपनालाई नै टाढा गरिदिने रहेछ ।

नायिका कैफ अहिले आफ्ना पूर्व प्रेमी सलमानसँग नजिक देखिएकी छिन् । रणवीरसँग अलग भएपछि उनलाई सलमानले विभिन्न तरिकाले सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment