Comments Add Comment

सिलीगुढीमा ९ घन्टा हात्तीको तमासा, सेल्फी खिच्नेलाई लखेट्याे (फोटो फिचर)

elephant-siliguri (1)

२८ माघ, काठमाडौं । भारतको सिलगुढीमा बुधबार झिसमिसे नहुँदै एउटा जंगली हात्ती लमक-लमक गर्दै बजारभित्र पस्यो । सिलगुढीवासीलाई निद्राबाट व्यूझाउँदै त्यसले ९ घन्टासम्म शहरमा रमिता गर्‍यो ।

बैकुन्ठपुर फरेस्ट डिभिजनको फाप्री जंगलबाट सो हात्ती बजार क्षेत्रतिर पसेको थियो । आफ्नो बथानबाट छुट्टएिर हात्तीले बाटो बिराएको अनुमान गरिएको छ । जंगली हात्ती पसेको होहल्ला भएपछि मानिसहरु आ-आफ्नो घरबाट निस्केर रमिता हेर्न थाले । तर, हात्तीले उपद्रो मच्चाउन थालेपछि मानिसहरु आतंकित बने ।

राति ३ बजे सो हात्ती भक्तिनगर थाना क्षेत्रको फाप्री, चयनपाडा, इस्टर्न बाइपास, एक तियासाल, साहु नदी क्षेत्रमा देखिएको थियो । हात्ती जता जान्थ्यो, ठूलो भिडले उसलाई पछ्याउँथ्यो । यत्तिकैमा उत्ताउला ठिटा-ठिटीहरु हात्ती नजिक गएर सेल्फी खिच्न लागे । सेल्फी खिच्न थालेपछि हात्ती नराम्ररी रिसायो । त्यसपछि यसले भिडलाई लखेट्न थाल्यो । लखेट्दै-लखेट्दै हात्ती शहरतिर पस्यो ।elephant-siliguri (6)

एकतियासाल र ४० नम्बर वार्डको हैदरपाडा, असरफनगर, इस्कन मन्दिर हुँदै बिहान १० बजे हात्ती सेभोक रोड आइपुग्यो । त्यहाँ रहेको बिकी होण्डा बाइकको गोदाम परिसरको गेटलाई भत्काइदियो र भित्र पस्यो । भित्र राखिएका करिब दुई दर्जन नयाँ मोटरसाइकललाई क्षति पुर्‍यायो । त्यहाँबाट निस्किएर सेभोक रोड सिटी प्लाजाअघि शानसित उभियो ।

सो हात्तीलाई नियन्त्रणमा लिनका लागि वन विभागले ९ घन्टासम्म परिश्रम गर्नुपर्‍यो । एउटै जंगली हात्तीले वन अधिकारी र कर्मचारीहरुसित रहेका संसाधनहरुको कमीको पोल खोलिदियो ।elephant-siliguri (2)

मध्यान्न १२ बजेतिर बल्लतल्ल हात्तीलाई बन विभागका कर्मचारीले नियन्त्रणमा लिन सफल भए । घाइते हात्तीलाई नियन्त्रणमा लिन उनीहरुले बेहोशीको इन्जेक्सन लगाइदिएका थिए । वन्यप्राणी संगठन एनिमल लिंकका श्यामा चौधरीले हात्तीलाई यसरी नियन्ण्त्रा गर्दा मर्ने सम्भावना रहने बताएका छन् । ‘इन्जेक्सनको डोज तलमाथि भए खतरा हुनसक्छ,’ उनले भने ।

घर भत्काउन तम्सेकाे हात्ती टीन र काँटीका कारण रगतपच्छे हुने गरी घाइते समेत बनेकाे थियाे ।

एपीले खिचेका केही तस्वीर

elephant-siliguri (3)

elephant-siliguri (4)

elephant-siliguri (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment