Comments Add Comment

एसएलसी प्रश्नपत्रको छपाइ सुरु

२८ माघ, भक्तपुर । आगामी चैत १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

slc-examपरीक्षा नियन्त्रक खगेन्द्र नेपालले परीक्षालाई आवश्यक पर्ने उत्तर पुस्तिका एवम् अन्य सामग्री जिल्लामा पठाई सकिएको बताए । उनका अनुसार यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएका छन् र ती केन्द्रलाई आवश्यक पर्ने प्रश्नपत्र बाहेकका सबै सामग्री जिल्लामा पुर्याइएका छन् ।

कार्यालयले जनक शिक्षा सामग्री केन्द्र सानोठिमीस्थित सुरक्षित प्रेसमा एसएलसीको प्रश्नपत्रको छपाइसमेत सुरु गरेको छ । यस वर्ष परीक्षा दिने करिब ६ लाख १५ हजार विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छपाइ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा भइरहेको छ ।

यस वर्षको प्रश्नपत्रमा पूर्णाङ्क र समय मात्रै उल्लेख हुने भएको छ । एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment