Comments Add Comment

झरनाको पहिरनले जाडोलाई हैन अन्य हिरोइनलाई दियो चुनौती

gharana-thapa
जतिबेला चलचित्र क्षेत्रमा नायिका झरना थापा प्रवेश गरेकी थिइन्, त्यतीबेला संभवत अहिले चलचित्रमा पाइला राख्दै गरेका केही नायिका सानै थिए होलान् ।

वुधबार एक चलचित्रको प्रिमियरमा पनि नायिका झरना थापा र उनको अभिनयको सुरुवातमा उनलाई पर्दामा हेर्ने केही नायिका देखिए ।
gharana-thapa-1
चलचित्रको प्रिमियरमा प्राय नायिकाहरु आफूलाई आकर्षक देखाउन पहिरनमा विशेष ध्यान दिन्छन् । जाडो महिना भएकाले नायिकाहरु केही बाक्ला कपडामा देखिन्छन् । तर, अहिले बाक्ला कपडा नायिकाका लागि जाडोमा पनि वाधक बन्न थालेका छन् ।

सोही कार्यक्रममा पुगेकी नायिका झरना थापाको पहिरनले अहिलेका नायिकालाई चुनौती दियो । वन पिस पहिरनमा पुगेकी झरनाको पहिरनले जाडोलाई त नछेक्ने पक्का नै थियो । भर्खरैका नायिकाले लगाउने जस्तो छोटो पहिरन झरनाले लगाएकी थिइन् ।

विवाहित झरना यस्ता कार्यक्रममा सारी वा लामा पहिरनमा पुग्लिन् भन्ने अनुमान धेरैले गर्लान् । तर, झरना आफूले चलचित्र क्षेत्रमा केही बढी समय बिताएपनि मेन्टेन र पहिरनलाई उमेरले नछेक्ने झलक दिदैथिइन् । पति सुनिल कुमार थापासँग पुगेकी नायिकाको तस्बिर लिनका लागि फोटोग्राफरहरु उत्साहित देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment