Comments Add Comment

साग महिला फुटवलमा नेपाल फाइनलमा

SAG-1२८ माघ, गुवहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटवलतर्फ नेपाल समुहको एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोविन प्रणाली अनुसार खेलाइएको प्रतियोगिताको तेश्रो खेलमा नेपालले चीर प्रतिद्धन्द्धी भारतसँग बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा बिहीबार भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेपनि गोल भने हुन सकेन ।

नेपालकी क्याप्टेन अनु लामाले दोश्रो हाफको १३ औं मिनेटमा प्रहार गरेको बल बारमा लागेर फर्किनु नेपालको लागि दुर्भाग्य रहृयो । किपर बिट भइसकेको अवस्थामा अनुले गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।

नेपालले भारतलाई बराबरीमा रोकेको यो पहिलो पटक हो । यसअघि भएका पाँच भेटमा नेपाल भारतसंग निरिह रहँदै आएको थियो ।

जितसँगै नेपाल ७ अंकसहित फाइनलमा प्रवेश गरेको छ । भारत, बंगलादेश र माल्दिभ्सको समान ५/५ अंक छ । समुहमा सबैको एक एक खेल बाँकी छ । नेपालले अब शनिबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ भने भारतले बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment