Comments Add Comment

समाजसेवीको एकल पहलमा निःशुल्क स्वास्थ्य शिविर

Health-Camp-at-Gulmi

२८ माघ, तम्घास । गुल्मीमा स्थानीय समाजसेवीको पहलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सदरमुकाम तम्घासको क्याम्पस रोड निवासी ज्ञानेश्वर श्रेष्ठ र नगेन्द्रमान श्रेष्ठको आर्थिक सहयोगमा जिल्ला अस्पताल तम्घासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

स्वास्थ्य शिविर शुक्रवारसम्म सञ्चालन हुनेछ । बिहीबार पहिलो दिन झण्डै ४ सयजना बिरामीहरुले शिविरबाट सेवा लिएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानहरुबाट र छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि बिरामीहरु शिविरमा उपचारका लागि आएका छन् । उपचारमा आएकाहरुमध्ये प्रायजसो दाँत र नसा सम्बन्धि बिरामीहरु रहेको डाक्टरहरुको भनाइ छ । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ ।

स्वास्थ्य शिविरमा नर्भिक अस्पताल र पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका छन् । अमेरिकामा रहेका नेपाली डाक्टरहरुले पनि बिरामीहरुको जाँच गरेका छन् ।
-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment