Comments Add Comment

भारत भ्रमणमा सीमा विवादको कुरा नगर्न प्रधानमन्त्रीलाई सुझाव

२८ माघ, काठमाडौं । सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धि-सम्झौता र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताएका छन् ।

Rajan-Bhattaraiउनले भने,’ सरकारले गठन गरेको विज्ञ समूहले भारतसंगको सन्धि सम्झौता पुनरावलोकन गर्न काम अघि बाढाइरहेको अवस्थमा शीर्ष तहमा यस्ता कुरा गर्नु हतार हुन्छ ।’

भट्टराईले प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा राजनीतिक र दीर्घकालिन प्रकृतिका विषयहरु भएको भन्दै दुई देशवीचको ब्यापार सहज बनाउने, नेपालको आर्थिक विकासमा भारतको सहयोग लिने, विगतमा सहमति भएका तर कार्यान्वयन नभएका योजनालाई छिटो अगाडि बढाउने र पुर्ननिर्माणको लागि भारतले घोषणा गरेको सहयोग कुन कुन परियोजनामा खर्च गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिए ।

सन्धि-सम्झौता कार्यान्वयन गर्न केसीको सुझाव

नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डाको विषयमा निर्णय गर्नु अघि सबैसँग छलफल गर्नुपर्ने बताएका छन ।

रिपोर्टर्स क्लबमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले भारतले पनि नेपालको जटिलता र स्वाभिमानलाई गंभिरतापूर्वक लिनु पर्ने बताए ।

केसीले भारतसँगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्ने भन्दै अहिलेसम्म भएको सन्धि-सम्झौता कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए ।

उनले दिवंगत पार्टी सभापति सुशील कोइरालाकेा नेतृत्वमा संविधान जारी भएकोले त्यसको कार्यन्वयनको जिम्मेवारी पनि काग्रेसकै भएको बताए ।

पुरानै एजेण्डा कार्यान्वयनमा जोड दिनुपर्छः परराष्ट्रविद् पाण्डे

परराष्ट्रविद्ध डा. निश्चल नाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सूचि बोकेर जानु भन्दा पनि पुरा नभएका पुराना एजेण्डा नै कार्यान्यवयनमा जोड दिनु पर्ने बताए ।

भारतले दिने एक अर्व सफ्ट लोनको प्रोजेक्ट, रक्सौल अमलेखगञ्ज पेट्रोलीयम पाइपलाइन निर्माण, सब रिजनल कोअपरेसन, बीबी आईएन, विमानस्थल निर्माण जस्ता एजेण्डा प्रधानमन्त्रीको भारत भ्रमणमा पर्नुपर्ने परराष्ट्रविद् पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment