Comments Add Comment

वेष्ट इण्डिज विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

Shimron-Hetmyer

२८ माघ, काठमाडौं । वेष्ट इण्डिज यू-१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा वेष्टइण्डिजले घरेलु टोली बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।

मीरपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२६ रन बनायो । उसका लागि मेहदी हसन मिराजले ६० रन जोडे ।

जवाफमा मैदान उत्रिएको वेष्टइण्डिजले अन्तिम ८ बल खेल्नु अघि ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि शमर स्पिङगरले ६२ रन बनाए भने सिम्रन हेटमायरले ६० रन जोडे ।

भारत यसअघि नै श्रीलंकालाई हराएर उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment