Comments Add Comment

मधेसी मोर्चामा तीन दल थपिए, जेपी गुप्ता अटाएनन्

Madhesi-Morcha

२८ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विस्तार भएको छ । मोर्चामा संघीय समावेशी मधेसी गठवन्धनमा रहेका तीन दल आवद्ध भएका छन् र, अब सात दल भएका छन् ।

शरदसिंह भण्डारी नेतृत्वको रामसपा, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको संघीय सद्भावना मोर्चामा आवद्ध भएका हुन् ।

तर, संघीय समावेशी मधेसी गठवन्धनमा रहेको जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलाई भने मोर्चामा समावेश गरिएको छैन । तमरा अभियान संसदमा नभएको र पार्टीको आकार पनि नलिएको भन्दै मधेसी मोर्चामा राखिएको छैन ।

तर, मोर्चा निकट स्रोतका अनुसार संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नरुचाएकाले जेपी गुप्तालाई मोर्चामा नराखिएको हो ।

मधेसी मोर्चाले १६ बुँदे सहमति गरेपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई निस्कासन गरिएको छ । मधेसी मोर्चा सम्वद्ध नेताहरुका अनुसार भोलि मोर्चाका शीर्ष नेताहरु काठमाडौं आएपछि विस्तारको औपचारिक घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment