Comments Add Comment

प्रधानमन्त्री ओलीले बोलाए कार्यदल बैठक

KP oli

२८ माघ, काठमाडौं । भारत भ्रमणमा जानुअघि परामर्श तीब्र पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रमुख तीन दल र मधेसी मोर्चामा आबद्ध दलहरुसहितको कार्यदल सदस्यहरुसँग परामर्श गर्दैछन् । ओलीले शुक्रबार बिहान ९ बजे बालुवाटारमा कार्यदल सदस्यहरुलाई छलफलमा बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

गत पुस अन्तिम साता गठन भएको कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका कृष्णबहादुर महरा छन् । यसैगरी तमलोपाका हृदयश त्रिपाठी, फोरम नेपालका राजेन्द्र श्रेष्ठ, सदभावनाका लक्ष्मणलाल कर्ण र तराई मधेस सदभावना पार्टीका रामनरेश राय पनि कार्यदलमा छन् ।

कार्यदलले मधेसी मोर्चाले राखेका ११ बुँदे मागमा सहमति जुटाउने जिम्मेवारी पाएको थियो । कार्यदलमा मोर्चाका नेताहरुको असहमति हुँदा हुँदै यही माघ ९ गते संविधान संशोधन भएको थियो । तर, मधेसी मोर्चाले त्यसलाई अमान्य भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रधानमन्त्री ओलीले आसन्न भारत भ्रमणबारे पनि कार्यदल सदस्यहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

कार्यदल सदस्य तथा सदभावना सहअध्यक्ष कर्णले अनलाइनखबरसँग भने, ‘आसन्न भारत भ्रमणबारे कुराकानी गर्न भनेर प्रधानमन्त्रीले बोलाउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment