Comments Add Comment

चैत दोस्रो साता स्ववियु निर्बाचनको मिति तोक्ने तयारी

Akhil-Krantikari in TU२८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत दोस्रो साता स्ववियु निर्बाचनको तयारी गरेको छ । चुनाबको मिति तोक्ने तयारीस्वरुप विश्वविद्यालयले विद्यार्थी संगठनहरुसँग परामर्श सुरु गरेको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्बाचन तयारी समितिले अखिल क्रान्तिकारीसँग छलफल गरेको छ । शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठी संयोजकत्वको समितिमा राजनीति शास्त्रका प्रा.डा. यज्ञप्रसाद अधिकारी र विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका महानिर्देशक गंगाबहादुर थापा छन् ।

समिति सदस्यहरुसँग क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव एवं प्रवक्ता सुरेन्द्र बस्नेत र सचिवालय सदस्य गणेश मैनालीले छलफल गरेका थिए । उनीहरुले जतिसक्दो छिटो स्ववियु निर्बाचनको मिति तोक्न सुझाव दिएको थियो ।

छलफलपछि क्रान्तिकारीका प्रवक्ता बस्नेतले भने, ‘चैत दोस्रो साता निर्बाचन गर्ने गरी तयारी भैरहेको छ । त्यसैबारे छलफल भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment