Comments Add Comment

भुटानका नवजात राजकुमारको तस्वीर सार्वजनिक

Bhutan-newborn-Prince

२८ माघ, काठमाडौं । भुटानका राजा र रानीले आफ्नो नवजात छोराको पहिलो अफिसियल तस्वीर सार्वजनिक गरेका छन् ।

राजा जिग्मे खेसर नाम्गेल वाङचुक र रानी जेट्सन पेमाको पहिलो सन्तानको गत शुक्रबार जन्म भएको थियो । शाही परिवारको मिडिया अफिसले ल्होसार र नयाँ वर्षको अबसर पारेर राजकुमारको तस्वीर सार्वजनिक गरेको हो ।

फेसबुकमार्फत सार्वजनिक गरिएको तस्वीरमा थेका हजुरबुबा पनि साथमा छन् । ३५ वर्षका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले छोरालाई काखमा लिएका छन् भने साथमा रानी र पूर्व राजा पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment