Comments Add Comment

हृयाण्डबलमा सुखद शुरुवात

सन्देश श्रेष्ठ

२८ माघ, भारत । भारतमा जारी १२औं साग गेस अन्तर्गत नेपालले हृयाण्डबलमा सुखद शुरुवात गरेको छ । गुहाटीमा बिहीबार भएको महिला तथा पुरुष दुबै खेलमा नेपालले विजयी शुरुवात गरेको हो ।

पुरुष हृयाण्डबल खेलमा नेपालले अफ्गानिस्तानलाई २९/२६ को अन्तरले पराजित गर्‍यो । लिग चरणको दोश्रो तथा अन्तिम खेलमा नेपालले अब भोलि पाकिस्तानसाग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

महिला हृयाण्डबल खेलमा नेपालले श्रीलंकालाई पराजित गर्‍यो । नेपाले श्रीलंकालाई ३६/२४ को अन्तरमा पराजित गरेको हो । लिग चरणको दोश्रो खेलमा भोलि नेपालले आयोजक भारतको सामना गर्नेछ ।

कबड्डीमा महिला-पुरुष दुबै पराजित

गुवाहाटीमा भएको कबड्डीको महिला तथा पुरुष दुबै स्पर्धामा नेपाल पराजित भएको छ । भएको महिला कबड्डी प्रतिष्पर्धामा नेपाल आयोजक भारतसाग ५१/१७ को फराकिलो अन्तरमा पराजित भयो । पहिलो हाफमा ३२/६ ले पछि परेको नेपाल दोश्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न नसक्दा पराजित भएको हो ।

लिग चरणको दोश्रो खेलमा भोलि नेपालको महिला टिमले श्रीलंकासग प्रतिष्पर्धा गर्नेछ ।

पुरुष कबड्डी स्पर्धामा नेपाल पाकिस्तानसाग पराजित भयो । पहिलो हाफमा १६/४ ले पछि परेको नेपाल दोश्रो हाफमा पनि निरिह हुादै समग्रमा ३४/१३ को अन्तरमा पराजित भयो ।

नेपालले पुरुष कबड्डीमा भोलि भारतको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment