Comments Add Comment

असई हत्याको आरोपमा पक्राउ परेका अशोक साधारण तारेखमा छुटे

saptari-police

एस.के. शान

२८ पुस, सप्तरी । प्रहरी असई हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

गत पुस २० गते सााझ सप्तरीको नर्घाे गाविसमा मारिएका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्या भएको थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्तिलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

प्रहरीले काठमाडौंबाट राजविराजतर्फ आइरहेकै क्रममा झुटकी गाविसका अशोक यादवलाई पुस २८ गते महोत्तरीको बर्दिबासबाट नियन्त्रणमा लिएको थियो । अशोक मधेशी मोर्चाका कार्यकर्ता हुन् ।

यादवबिरुद्वको मुद्दामाथि बिहीवार भएको थुन्छेक बहसमा न्यायाधीश शारदप्रसाद कोईरालाको इजलासले उनलाई साधारण तारेखमा रिहा गरेको हो । प्रहरीले पेश गरेको सबुत प्रमाणबाट उनको कसुर प्रमाणित हुन नसकेको भन्दै यादवलाई साधारण तारेखमा रिहा गरिएको हो ।
यादव रिहाभए लगत्तै मधेसी मोर्चाका नेताहरुले उनलाई फुलको माला लगाएर स्वागत गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका सदस्य रहेका अशोकलाई पक्राउ गरेलगत्तै मोर्चाले निर्दाेषलाई पक्राउ गरेर मुद्दा चलाएको भन्दै आएको थियो ।

भारतीय मोटरसाइकलमा सबार दुई जनाको समूहले असई सुब्बामाथि गोली प्रहार गरी हत्या गरेका थिए । उक्त घटनाको जिम्मेवारी जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment