Comments Add Comment

प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ बाट

Kp Oli

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ७ गते भारत भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ । बैठकले प्रधानमन्त्रीको भारत भ्रमणबारे आवश्यक तयारी गर्न परराष्ट्रसहितका मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुनेछ । ओलीको भ्रमण ६ दिनको हुने बताइएको छ ।

बैठकले मोरङको रंगेलीमा केही समय अघि भएको घटनामा मृत्यु भएकाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । घाइतेहरुको उपचार खर्च पनि सरकारले व्यहोर्नेछ ।

बैठकले हालै बढुवा भएका २८ सहसचिवको पदस्थापन गरेको छ । बैठकमा उर्जा संकट समाधानबारे छलफल भएको छ । एक वर्षमा लोडसेडिङ कम भएको महसुस हुने र २ वर्षमा अन्त्य गर्ने गरी गृहकार्य गर्ने र अर्को बैठकमा प्रस्ताव ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment