Comments Add Comment

सोनमको फिल्म पाकिस्तानीले हेर्न नपाउने

sonam

मुम्बई । कराची हवाई अड्डामा सन १९८६ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित चलचित्र ‘नीरजा’ पाकिस्तानमा प्रतिबन्धित भएको छ । उक्त फिल्मले पाकिस्तानको खराब छबी प्रदर्शन गरेको भन्दै पाकिस्तान सरकारले सो निर्णय गरेको हो ।

राम माधवानीको निर्देशनमा बनेको यस फिल्म मुम्बइवाट न्यूयोर्क जाँदै गरेको पैन एम उडानमा सवार चालक दलकी सदस्य नीरजा भनोटको जीवनीमाथि आधारित छ ।

प्लेन हाइज्याक भएको बेला यात्रुको जीवन बचाउन प्रयाश गरेको भन्दै आतंककारीले नीरजाको गोली हानी हत्या गरेका थिए । आउँदो १९ फेब्रुअरिदेखि यो फिल्म पाकिस्तानको केही मल्टिप्लेक्समा प्रदर्शन गर्ने योजना थियो । पाकिस्तानी सेन्सरबोर्डका अध्यक्षले फिल्म आयात नगर्न वाणिज्य मन्त्रालयवाट पत्र आएको बताउदै पाकिस्तानमा नीरजा प्रदर्शन गर्न नसकिने जानकारी दिए ।

यस फिल्ममा मुसलमानलाई गलत रुपमा ब्याख्या गरेको भन्दै पाकिस्तान सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यसअघि हैदर, एक था टाइगर, फ्यान्टम लगायतका फिल्मलाई पनि पाकिस्तानले प्रदर्शनको अनुमति दिएको थिएन । यस फिल्ममा नीरजाको भुमिका सोनम कपुरले निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment