Comments Add Comment

नियमविपरीत ५ ग्यास उद्योग दर्ता सिफारिस

gas-industry

२९ माघ काठमाडौं । नेपाल आयल निगमले नियमविपरीत ५ ग्यास उद्योग दर्ता गर्न उद्योग विभागलाई सिफरिस गरेको छ ।

व्यवस्थापिका संसद्को निर्देशन र नियम सञ्चालक समितिकमो निर्णयविपरीत ती उद्योग दर्ताका लागि सिफारिस गरिएको आजको कारोबार दैनिकमा समाचार छ ।

स्रोतका अनुसार निगमले आदित्नय, पूर्वेली, फेवा, कोसी र सगरमाथा ग्यास उद्योग दर्ताका लागि विभागमा सैद्धान्तिक सहमति पठाएको छ ।
विभागका अनुसार सैद्धान्तिक सहमतिका आधारमा आदित्य ग्यास दर्ता भइसकको छ । यो उद्योगका ३ सञ्चालकमध्ये एक राकेशकुमार साह पूर्व प्रधानन्यायधीश रामकुमार साहका छोरा हुन् ।

अर्को एक नयाँ उद्योग पनि दर्ता भइसकेको छ । बाँकी ३ प्रक्रियामा रहेको विभाग स्रोतको दावी छ । करिब ३ वर्षअघि निगम सञ्चालक समितिको बैठकले नयाँ उद्योग खोल्न सिफारिस नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment