Comments Add Comment

क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने कार्यक्रमा भाग लिन १० सांसद कोरिया गए

२९ माघ, काठमाडौं । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् ।

EkNath-Dhakalसांसदको टोली मन्त्री ढकालकै संस्था युनिभर्सल पिस फेडेरेसनको खर्चमा क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने कार्यक्रममा भाग लिन गएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । संसद् सचिवालयका सहसचिव रवि शर्मा अर्याल पनि टोलीमा छन् ।

कोरिया जाने सांसदहरूमा कांग्रेसबाट पार्वता डिसी चौधरी, ओमदेवी मल्ल र खड्गबहादुर बस्याल, एमालेबाट श्रीमाया थकाली, हरिप्रसाद उप्रेती र कृष्णभक्त पोखरेल, संघीय समाजवादी फोरमकी छाया शर्मा पन्त, नेकपा संयुक्तका जयदेव जोशी, परिवार दलका मिलनकुमार राजवंशी र नेकपा मालेकी कमला विश्वकर्मा छन् ।

एमालेले कार्यक्रममा सहभागी हुने-नहुनेबारे स्वविवेक प्रयोग गर्न निर्देशन दिएपछि तीन सांसद कोरिया गएका हुन् । कोरिया भ्रमणको सूचीमा रहेका प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद डा. गणेश गुरुङ भने गएनन् ।

सियोलमा हुने कार्यक्रम क्रिस्चियन धर्म प्रवर्द्धनको भएको सार्वजनिक भएपछि एमाओवादीले आˆना सभासद्लाई कोरिया नजान निर्देशन दिएको थियो । एमाओवादीका कुनै पनि सांसद भ्रमणमा गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment