Comments Add Comment

उपाधिका लागि बार्सिलेना र सेभिल्ला भिड्ने

sevilla२९ माघ, काठमाडौं । सेभिल्ला स्पेनिस कोपा डल रे फुटबलको फाइनलमा पुगेको छ ।अब उसले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभिल्लाले सेल्टा डी भिगोसँग २-२ को बराबरी खेलेको छ । तर, पहिलो लेगमा ४-० को जित हात पारेको सेभिल्ला समग्रामा ६-२ ले विजयी भएको छ ।

बार्सिलोना भ्यालेन्सियालाई समग्रमा ८-१ ले पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

घरेलु मैदामा भएको खेलमा सेल्टा डी भिगाले दुई गालेको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा लागो आसपासको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा उनले नै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

तर, सेल्टी डी भिगोले अग्रता जोगाउन सकेन ।  ५७ औं मिनेटमा सेभिल्लाका बानेगोले गोल गरे भने ८७ औं मिनेटमा बराबरी गोल फर्कायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment