Comments Add Comment

कोरियामा नयाँ शक्ति नेपालको बिशेष भेला

korea ma naya saktiकोरिया । बाबुराम भट्टराई नेत्तृत्वको ुनयाँ शक्ति नेपालु प्रति आस्था राख्ने नेपालीले कोरियामा रहेका प्रवाशी नयाँ शक्ति नेपाल -कोरियाको बिशेष भेला सम्पन्न भएको छ । राजधानी सोलमा सम्पन्न भएको उक्त भेलाले विभिन्न बिभागको कार्यविभाजन समेत गरेको हो । भेलाले ५१ सदस्यीय अन्तरिम केन्द्रिय परिषद गठन गरेको छ भिेलाले बलराम पुनलाई संयोजक तोकेको छ ।

नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ – स्वाधिन समृद्द र समावेशी नयाँ नेपाल निर्माण गरौु भन्ने मूल नाराका साथ शुरु भएको उक्त बिशेष भेलालाई नयाँ शक्तिु पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए  ।

नयाँ शक्ति नेपाल-कोरियाका संयोजक बलराम पुन सभापति,पूर्वी एसिया संयोजक मिलन कान्छा किराती प्रमुख अतिथि र कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ बिशेष अथिति रहेको उक्त भेलामा पूर्व एनसीसी अध्यक्ष्य लोचन राई, संघिय समाजबादी फोरम कोरियाका संयोजक देबराज स्यांतान,नेपाल मगर संघ कोरियाका पूर्व अध्यक्ष्य तथा नयाँ शक्ति कोरियाका सल्लाहकार पुरन राना मगर लगायत अथितिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

 नयाँ शक्ति कोरियाका प्रबक्ता जीबन बिश्वकर्मा ले कार्यक्रम संचालन गरेका थिए  । कोरियामा सिकेको शिप र कमाएको पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै छोटो शुभकामना मन्तव्यमा श्रम सहचारी अनिल गुरुङ ले देशमा बदलिदो राजनीतिक परिस्थिति संगै समृद्द राष्ट्र निर्माणमा कोरियाका प्रबाशी मजदुर हरुको नयाँ शक्तिको भेलाले बिशेष महत्व राख्ने औल्याए ।

साथै कोरियामा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका श्रम सहचारी अनिल गुरुङ र नयाँ शक्ति कोरियाका सल्लाहकार पुरन राना मगर लाई संयोजक बलराम पुन र मिलन कान्छा किरातीले ले संयुक्त रुपमा बिदाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।

पूर्व अध्यक्ष्य लोचन राइले सरकारले देशमा लगानीको सुरक्षा गर्ने बाताबरण सृजना गरे मझौला उद्योग हरु मा लगानी गर्न आफुहरु तयार रहेको र यस्तै राजनीतिक परिपाटीले देश समृद्द नबन्ने कुरालाई जोड दिदै नयाँ शक्ति प्रति आफ्नो झुकाब रहेको प्रष्ट पारे भेला लाइ पुर्बी एसिया इन्चार्ज मिलन कान्छा किरातीले ले बैचारिक प्रशिक्षन दिएका थिए ।

केन्द्रिय अन्तरिम परिषद् कोरियाका सदस्यहरुमा बलराम पुन, सीपी ओली, बिरेन्द्र राना, राजु श्री,हेमन्त पुन प्रकाश गुरुङ,पिटर कुमार श्रेष्ठ, डोलु आले मगर, राज आचार्य, जीबन बिश्वकर्मा, गणेश रिजाल, सुरेन्द्र बजगाईं, सरोज ढकाल, बासुदेव बराल गोबिन्द प्रसाद
शर्मा, मदन बानिया, अमर बर्मा, रमेश पुडासैनी, अन्जली पौडेल लगायतका रहेका छन्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment