Comments Add Comment

टोरन्टोमा दीपिकासँग ‘भ्यालेन्टाइन डे’ मनाउँदै रणवीर

deepika-ranabir

मुम्बई । यसपालीको ‘भ्यालेन्टाइन डे’ रणवीर सिंह र दीपिका पादुकोणका लागि विषेश हुने भएको छ । रणवीर दीपिकालाई भेटनकै लागि यसपाली टोरन्टो जाने भएका छन् ।

अहिले दीपिका हलिउड फिल्म ‘ट्रि पल एक्स द रिटर्न अफ एक्सजेन्डर’ मा विन डीजलसंग काम गर्दैछिन् । सुटिङमा ब्यस्त भएपछि दीपिकाले रणवीरलाई मुम्बई आउन नसक्ने सन्देश पठाएकी थिइन् ।

दीपिकाको सन्देश पाए लगत्तै रणवीर टोरन्टो जान लागेका हुन् । दीपिकाको पहिलो हलिउड फिल्म भएकाले पनि हुन सक्छ । रणवीर यो फिल्मको प्रसंसामा मज्जाले लागेका छन् । हरेक इभेन्टहरुमा उनले दीपिकाको फिल्मको वारेमा चर्चा गर्ने गरेका छन् ।

टोरन्टोमा केही दिन बसेपछि रणवीर पुन मुम्बई फर्किने भएका छन् भने दीपिका सुटिङमै जुट्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment