Comments Add Comment

सिनेमा हलमा नम्रता, पूजा र सुष्माको भिडन्त

puja-namrata-sushma

काठमाडौं । यो साता नेपालका सिनेमा हलमा तीन जल्दाबल्दा नायिकाहरुको भिडन्त हेर्न पाइने भएको छ । नायिकाहरु नम्रता श्रेष्ठ, पूजा शर्मा र सुष्मा कार्की अभिनित फिल्महरु क्रमशः क्लासिक, प्रेमगीत र चलेछ बतास सुस्तरी शुक्रबार रिलिज हुँदैछन् ।

मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज हुने क्लासिकमा आर्यन सिग्देल र नम्रताको जोडीले अभियन गरेको छ भने निर्देशन दिनेश राउतले गरेका छन् । राउत प्रेमकथामा फिल्म बनाउन सिपालु निर्देशक हुन् । नायक आर्यन यो फिल्मको निर्मातासमेत हुन् । आर्यन र राउतको जोडीले निर्माण गरेको फिल्म नोभेम्बर रेन निकै सफल भएको थियो ।

लोकेशन तथा गीत-संगीतका कारण चर्चा पाएको प्रेमगीत पनि शुक्रवारदेखि रिलिज हुँदैछ । सुदर्शन थापाको निर्देशन रहेको प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माको अभिनय रहेको छ । सुदर्शन पनि प्रेमकथामा फिल्म बनाउन माहिर मानिन्छन् ।

सुष्मा कार्की र प्रमोद भारद्धाजको अभिनय रहेको चलेछ बतास सुस्तरीका निर्देशक प्रदीप भारद्वाज हुन् । प्रदीप र प्रमोद दाजुभाई हुन् । नेपाली फिल्मका अतिरिक्त अभिषेक कपुर निर्देशित फितुर र अंग्रेजी फिल्म डेडपुल पनि आजैदेखि रिलिज हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment