Comments Add Comment

मोरङका होटललाई गुणस्तर चिन्ह प्रदान

२९ माघ, मोरङ । मोरङका ११२ होटलमा चार प्रकारका स्टिकर वितरण गरिएको छ । पूर्व क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाका अनुसार अनुगमनका बेलामा होटलको गुणस्तरको अवस्था हेरी चार प्रकारका स्टिकर वितरण गरिएको हो ।

कोइरालाले भने- ‘धेरैजसो मध्यमस्तरका होटलको गुणस्तर सुधार्न सुझाव दिएका छौँ ।’ कोइरालाका अनुसार हरियो वृत्त भएको स्टिकरले राम्रो, पहेँलो वृत्तमा एउटा रातो धर्को भएको स्टिकरले थप सुधार आवश्यक, पहेँलो वृत्तमा दुईवटा रातो धर्को भएको खतराको सूचक र रातो वृत्त भएको स्टिकरले होटल बन्द गर्ने सङ्केत गर्दछ ।

विराटनगर–१८ मा अवस्थित ‘गीताञ्जली’ होटलमा पहेँलो वृत्तमा दुईवटा रातो धर्को भएको खतराको सूचक भएको स्टिकर लगाइएको छ । यस्तै विराटनगर–१५ को ‘द सेफ किचन’ले पहेँलो वृत्तमा एउटा रातो धर्को भएको स्टिकर टाँसिएको अनुगमन टोलीले जनाएको छ ।

विराटनगर–१४ को ‘इलामे कुँवर’, विराटनगर–१५ को ‘फ्रेण्डस् किचन’ र कोसी अञ्चल अस्पतालभित्र सञ्चालित ‘क्यान्टिन’ले ‘ग’ वर्गको स्टिकर प्राप्त गरेका छन् ।

नेपाल बजारमा अवस्थित ‘रेष्टुरेन्ट एण्ड बार’ले ‘ख’ वर्गको स्टिकर प्राप्त गरेको छ । यस्तै विराटनगरको ‘युनिक’, ‘आँगन’, ‘मेट्रो सिटी’ले हरियो अर्थात ‘क’ वर्गको स्टिकर प्राप्त गरेको अनुगमन टोलीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment