Comments Add Comment

जवानी देखाउन यसरी साँढे मारेर रगत पिउँछन् तन्नेरीहरु

jawani dekhauna hattyaअफ्रिकी महादेशका आदिवासीहरुका कतिपय संस्कार तथा परम्पराहरु निकै नै भयानक तथा अनौठा लाग्ने खालका हुन्छन् । केन्याको रिफ्ट भ्यालीमा बसोबास गर्ने एक आदिवासी समुदायमा पनि अनौठो प्रचलन छ । उक्त परम्परा अनुसार आफ्नोे जवानी प्रमाणित गर्नका लागि १८ देखि २० वर्षसम्मका युवकहरु क्रुरतापूर्वक साँढेलाई मारेर रगत पिउँदछन् ।

यसरी तन्नेरीहरुले साँढेलाई मारिरहँदा युवतीहरु पनि नाचगान गरेर खुसी मनाइरहेका हुन्छन् । पोकोट आदिवासी समुदायमा युवाहरुले साँढे मारेर जवानी देखाउने यो परम्परालाई निकै महत्व दिइएको हुन्छ । साँढेका अलावा गाइ, बाख्रा, भेँडा, उँट तथा गधालाई पनि मार्ने गरिन्छ । यसलाई स्थानीय भाषामा सपाना भनिन्छ ।

जनावरलाई मारिसकेपछि उसको पेटबाट निकालिने गोबरलाई युवाहरुले आफ्नो सरीरमा दल्छन् । सपाना संस्कार पूरा गरेपछि युवाहरुले समाजमा कतिपय अधिकार ग्रहण गर्न पाउँछन् जो पहिला पाएका हुँदैनन् । केन्यामा यो आदिवासीको संख्या ६ लाख २० हजार छ ।

धेरै युवाहरु कामको खोजीमा सहर पसेकाले सपाना परम्परालाई निरन्तरता दिने युवाहरुको संख्या भने घट्दै गएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment