Comments Add Comment

पुरुष कबड्डीमा नेपालको दोस्रो हार

SAG-1सन्देश श्रेष्ठ

२९ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष कबड्डीतर्फ नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

नेहरु स्टेडियममा आज भएको दोश्रो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको हो ।

शुक्रबार भएको खेलमा भारत बिरुद्ध कमजोर प्रदर्शन गरेको नेपाल पहिलो हाफमा १९-११ ले पछि थियो । दोश्रो हाफमा पनि २८-१२ ले पछि परेपछि नेपालदे समग्रमा ४७-२३ ले खेल गुमायो ।

यसअघि नेपालले हिजो पाकिस्तानसँग पराजय व्यहोरेको थियो । नेपालले अब शनिबार बिहान श्रीलंकासंग र बेलुका बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी पाँच मुलुकका टोलीलाई राउण्ड रोविन प्रणालीको आधारमा प्रतियोगिता खेलाइएको छ । पाँचमध्ये शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment