Comments Add Comment

सुशीलको निधनप्रति जनसम्पर्क समिति मलेसियाको श्रद्धाञ्जलि

congress-malesiya

क्वालालम्पुर । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आकस्मिक निधनप्रति नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ ।

क्वालालाम्पुरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा जन सम्पर्क समितिका कार्यबाहक अध्यक्ष कमल गौतमले आर्दश पुरुष र समाजबादी सोचका नेता कोईरालाको निधनबाट मुलुकले अभिभाबक गुमाएको बताए ।

त्यस्तै समितिका सल्लाहकार लोचन विमलीले नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको बताए ।

कार्यक्रममा वोल्दै सञ्जय निरौलाले बाँचुन्जेल आलोचना गर्ने तर मरे पछि मात्र सम्मान गर्ने, नेपाली समाजको परम्परा रहेको धाराणा राख्दै, माओबादीलाई शान्ति प्रकियामा ल्याउँन र मुलुकमा नयाँ संबिधान जारी गर्न कोइरालाको मुख्य भूमिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment