Comments Add Comment

एक महिला जोसँग उत्तर कोरिया हाँस्छ, गाउँछ र रुन्छ

Ri-chun-hee

काठमाडौं । उत्तर कोरियाका लोकप्रिय समाचार वाचिका हुन्- री चुन ही । ही टेलिभिजनमार्फत परमाणु परीक्षण, रकेट प्रक्षेपण र पश्चिमा देशको नकारात्मक पक्षबारे जानकारी दिन्छिन् ।

कोरियन सेन्ट्रल टेलिभिजनमा समाचार वाचिकाको ४० वर्षे करिअरमा उनी कहिले रोइन्, कहिले हाँसिन् त कहिले चिच्याइन् ।

यद्यपि उनको उमेर कसैलाई थाहा छैन । उनले ७० टेकेको अनुमान गरिएको छ । उत्तरकोरियमा समाचार वाचिकाको रूपमा उनी लोकपि्रय छिन् ।

उनी गुलाबी रंग मन पराउँछिन् । खासगरी लोकपि्रय कोरियाली ड्रेस चिमा जेआगोरी उनको ट्रेडमार्क हो । हालै मात्र परमाणु बम परीक्षण घोषणा गर्दा उनले यही ड्रेस लगाएकी थिइन् ।

उत्तर कोरियाली अधिकारीहरु री चुन हीमाथि विश्वास गर्छन् र उनको सम्मान पनि गर्छन् । उत्तर कोरियाका नेता किम जोङ उनले पनि आफ्नो पार्टीको सन्देश विश्वभर हीमार्फत नै पुर्‍याउन चाहेको अनुमान गरिएको छ ।

यसअघि सत्ताधारी वर्कस पार्टीका नेता र किम जोङ उनको पिताले पनि हीलाई नै रोजेका थिए । उनी अन्य देशको समाचार वाचिकाको तुलनामा धेरै नाटकीय छिन् । उनी एक्लै लामो समय बोल्न सक्छिन् र त्यस क्रममा रुनेदेखि चिच्याउने गर्छिन् ।

चुन ही प्योङयाङमा बस्छिन् । जब उनी टेलिभिजन स्त्रिmनमा देखिन्छिन्, उत्तर कोरियालीहरु ताली बजाउँछन् । उनी रुँदा उनी सँगै रुन्छन् ।

उनले हालै मात्र अब समाचार वाचिकाको काम छाडेर नयाँ महिला समाचार वाचिकालाई प्रशिक्षण दिने इच्छा व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment