Comments Add Comment

प्रधानमन्त्री भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति

Barta

  • फाइल फाेटाे

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको आहृवानमा शुक्रबार तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा सहमति खोज्न कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री ओली फागुन ७ मा भारत भ्रमण जानु अघि नै संयन्त्र गठन गर्ने तयारीमा छन् । ओलीको भ्रमण तयारीका लागि दिल्ली गएका अर्थमन्त्री विष्णु पौडेलले त्यही सन्देश दिएका आएका थिए ।

पौडेलको भारत भ्रमणपछि ओलीको दिल्ली यात्रा तय भएको छ । र, ओली अब संयन्त्र गठनका लागि मधेसी मोर्चासँग सहमति खोज्न सक्रिय भएका छन् ।

ओलीको पहलमा बसेको बैठकमा तीन दल र मधेसी मोर्चाको कार्यदलले वार्ता तीव्र पार्ने र पर्सीसम्ममा राजनीतिक संयन्त्रको कार्यविधि (टीओआर) टुङ्गो लगाउने सहमति भएको छ ।

तीन दल र मधेसी मोर्चाबीच कार्यदल स्तरमा भएको वार्तामा मधेसी मोर्चा यसअघि नै राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकन विवाद मिलाउन सहमत भइसकेको थियो ।

तर, संयन्त्रको टीओआरमा भने अझै सहमति हुन सकेको छैन । मधेसी मोर्चाले दुई मधेस प्रदेश हुने उल्लेख गर्नु पर्ने प्रस्ताव राखेपछि वार्ता भाँडिएको थियो ।

अब मधेसी मोर्चा यसमा लचिलो भएको छ । उसले राज्य पुनःसंरचना आयोग, समिति र सम्वाद समितिको प्रतिवेदनका आधारमा सीमांकन टुंगो लगाउने कार्यविधिमा राख्न सकिने बताएको छ । साथै संयन्त्र र त्यसको कार्यविधिलाई संविधानमा राख्नु पर्ने सर्त छाडेर संसदबाट अनुमोदन गर्ने तीन दलको प्रस्तावमा सहमत देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment