Comments Add Comment

सुशील कोइरालाको निधनमा जनसम्पर्क समिति मलेसियालको श्रद्धान्जली कार्यक्रम

malyasia ma sok sabhaरामचन्द्र नेपाल
मलेसिया । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेपाली काग्रेस जनसम्पर्क समिति मलेसियाले श्रद्धान्जली कार्यक्रम आयोजना गरेको छ ।

क्वालालाम्पुरमा रहेको रेष्टुरेण्ट मण्डलाको हलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा जन सम्पर्क समितिका कार्यबाहक अध्यक्ष कमल गौतमले आर्दश पुरुष र समाजबादी सोचका नेता कोईरालाको निधनबाट मुलुकले अभिभाबक गुमाएको बताए ।

उनले थपे ‘सारा जीवन राष्ट्रका लागि नै समर्पित गर्नुभयो, जनताले चाहेको संविधान ल्याएर नै छाड्नु भयो, व्यक्तिगत प्रलोभनमा नपर्ने उहाँजस्तो त्यागी नेता मुलुकले फेरि पाउँन मुश्किल छ ।’

श्रद्धान्जली कार्यक्रममा जनसम्पर्क समितिका सल्लाहकार लोचन विमलीले नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै सञ्जय निरौलाले बाँचुन्जेल आलोचना गर्ने तर मरे पछि मात्र सम्मान गर्ने, नेपाली समाजको परम्परा रहेको धाराणा राख्दै, माओबादीलाई शान्ति प्रकियामा ल्याउँन र  मुलुकमा नयाँ संबिधान जारी गर्न कोईरालाको मुख्य भूमिका रहेको उनले बताए ।

१३ औ महाधिवेशनको संघारमा भएको कोइरालाको निधनले पार्टीले ठुलो नोक्सानी ब्यहोर्नु परेको वताए । श्रद्धान्जली कार्यक्रममा उपस्थित सवैले स्वर्गीय कोइरालाको फोटोमा फुल तथा अविर चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment