Comments Add Comment

४ दिनमै सुनको मूल्य २५ सय महंगो !

Gold Silver market Newroad Kathmandu (5)
२९ माघ, काठमाडौं । सुनको मूल्य २ वर्ष यताकै महंगो बिन्दु नजिक पुगेको छ । केही सातादेखि उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार स्थिर रहेर बिहीबार ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज एकदिनमै ५ सय रुपैयाँले बढेको हो ।

मंगलबार पनि सुन तोलाको १ हजार रुपैयाँले महंगो भएको थियो । ४ दिनमै सुनको मूल्य तोलामा २५ सय महंगो भएको छ ।

विबाहको सिजन चलिरहँदा नेपाली बजारमा सूनको मूल्य निरन्तर बढेको छ । यसका कारण उपभोक्ताहरु प्रभावित भएका छन्।

०७० साल चैतमा सुनको मूल्य ५५ हजार ८ सय रुपैयाँको विन्दुमा थियो । तोलाको ६३ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ४४ हजार रुपैयाँसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरमा उकालो लागेकाले नेपाली बजार पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीमा लगानी गर्नेहरु बढेपछि महंगिएको महासंघको भनाइ छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । केही दिनदेखि प्रतितोला ७ सय ३० रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको ७ सय ४५ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment