Comments Add Comment

फिल्म हेरुन्जेल प्रेमीको हात छाडिनन् नम्रताले

namrata--daba-sherpa
प्रेमलाई ओपन राख्न चाहने नायिका हुन् नम्रता श्रेष्ठ । उनको जीवनमा जतीजना यूवकको प्रवेश भयो, उनले ओपन रुपमा नै प्रेम गरिन् । रेमन श्रेष्ठ हुन् या प्रेम घले वा अहिलेका प्रेमी दावा शेर्पा नै किन नहुन्, नम्रताले ओपन रुपमा नै प्रेम झल्काएकी छिन् ।

सायद, यो उनको एउटा राम्रो बानी पनि हुनसक्छ । उनै नम्रता श्रेष्ठ र दावा प्रेममा गम्भिर देखिएका छन् । शुक्रबार आयोजित आफू अभिनित चलचित्र ‘क्लासिक’को प्रेस शोमा नायिका श्रेष्ठ प्रेमी दावाको साथमा पुगिन् ।

हुनत नम्रता पत्रकारहरु हलभित्र छिरेपछि मात्र पुगेकी थिइन् । चलचित्र सकिएपछि पनि उनी हलबाट निस्कन समय लगाइन् । नम्रता चलचित्रको  प्रेस शोमा प्रेमीसँगको चर्चाले लाइमलाइट बटुलोस् भन्न चाहन्नथिन् ।

तर, चलचित्र हेरुन्जेल नम्रता र दावाले आत्मियता देखाए । चलचित्र हेर्दा नम्रताले प्रेमी दावाको हात छाडिनन् । उनी दावाको हातमा हात राखेर मुस्कानका साथ चलचित्र हेरिरहेकी थिइन् ।

चलचित्र हेरेपछि दावाले नम्रता र नायक आर्यन सिग्देल दुबैको कामको प्रशंसा गरे । प्रेस शोमा उपस्थित पत्रकारहरुले चलचित्रको दोश्रा भागलाई अत्याधिक रुचाएका थिए । उनीहरुले चलचित्रको मेकिङ, गीतसंगीत, आर्यन-नम्रताको अभिनयलाई खुलेरै प्रशंसा गरे ।

दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित यो चलचित्रले कुमारी हलमा उपस्थित दर्शकलाई रुवायो । केही महिला दर्शक हलमा आँशु थाप्न नसकेर रोएका थिए । यो चलचित्रले काठमाण्डौका विभिन्न हलमा विभिन्न हलमा सखुद सुरुवात गरेको छ । काठमाण्डौका सिंगल र मल्टिप्लेक्समा चलचित्रको विहानी शोको अकुपेन्सी ८० प्रतिशत देखिएको छ । चलचित्र ‘क्लासिक’को समिक्षा केही समयपछि प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment