Comments Add Comment

सेञ्चुरीले कमायो ६ महिनामा १७ करोड

२९ माघ, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ७ लाख रुपैया खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ८ करोड रुपैयाँले बढी हो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले ९ करोड ९८ लाख रुपैया खुद नाफा गरेको थियो । बैंकले समिक्षा अवधिमा चुक्ता पुँजी २ अर्वबाट Century-Commercial-Bank-बढाएर २ अर्व १२ करोड रुपैया पुर्‍याएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको बैंकले यस पटक ४५ करोड ४१ ल्ााख रुपैया सञ्चित गरेको छ । २४ अर्व ७ करोड ७१ लाख रुपैया निक्षेप संकलन गरेको बैंकले २० अर्व ८४ करोड ३९ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्मा २३ अर्व ३८ करोड ३६ लाख रुपैयाँ निक्षेप सकंलन गरेको बैंकले १९ अर्ब ७७ करोड ५५ लाख रुपैया कर्जा प्रवाह गरेको थियो ।

बैंकले ३८ करोड ९५ लाख रुपैया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ३१ करोड ७३ लाख रुपैया खुद व्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकको कुल सञ्चालन मुनाफा ४३ करोड रुपंैयाबाट बढेर ५० करोड ६९ लाख रुपैया पुगेको छ ।

बैंकको खराब कर्जा अनुपातमा सामान्य वृद्धि भए पनि १ प्रतिशत तल नै रहेको छ । जस अनुसार बैंकको खराब कर्जा अनुपात सुन्य दशमलव ३६ प्रतिशतबाट बढेर सुन्य दशमलब ६६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५ रुपैया १७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैया ४२ पैसा रहेको छ । बैंकको प्रति कित्ता शेयर ३ सय ४५ रुपैयामा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment