Comments Add Comment

प्राइम बैंकले बढायो नाफा, ६ महिनामा ४६ करोड नाफा

२९ माघ, काठमाडौं । प्राइम बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा झण्डै १० करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको छ ।

Prime-Bankबैंकले गत वर्षको दोस्रो त्रैमाससम्म ३६ करोड २१ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्षको सोही अवधिमा ४६ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको हो ।

बैंकले ६९ करोड ३८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६५ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ८३ करोड ८९ लाख रुपैयाँ जगेडा कोषमा रहेकोमा त्यसलाई बढाएर १ अर्ब ९ करोड ६७ लाख रुपैया पुर्‍याएको छ ।

३६ अर्व ९२ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले समिक्षा अवधिमा बढाएर ४२ अर्ब ३० करोड ६१ ल्ाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब २० करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ अर्ब रुपैयाँले बढाएर ३४ अर्व ११ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खराब कर्जा अनुपात २.४६ प्रतिशतबाट घटेर १.४६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर बजार मूल्य ५ सय १९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment