Comments Add Comment

नेपाली चलचित्रमा खेलकुद, फूटबल पछि क्रिकेट

dikpal-and-sahilनेपाली चलचित्रले खेलकुदका  बिषयमा खासै चलचित्र निर्माण गर्न सकेको छैन । व्यवसायिक चलचित्र निर्माणमा नै निर्माताहरु केन्द्रित रहँदा यस्ता खालका बिषयले स्थान पाउने गरेका छैनन् । तर, कहिलेकाही यस्ता बिषयमा पनि चलचित्र बन्छन्, जसले खेलकुदको विकासमा राम्रै टेवा पुर्‍याएका छन् ।

चलचित्र ‘वल्र्ड कप इन नेपाल’ निर्माण भैसकेको छ, जसले फुटबलको बिषयलाई उठान गरेको थियो । तर, व्यापारिक रुपमा यो चलचित्र सफल बन्न सकेन । अब, अर्को एक चलचित्र पनि निर्माण भएको छ जसले क्रिकेटको बिषयलाई  उठान गरेको छ ।

खेलकुदको कथालाई नेपाली चलचित्रले खासै प्रयोगमा ल्याएको छैन । हुनत, अहिले मौलिक कथालाई खोज्ने क्रम पनि सुरु भएको छ । वीवी फुयाँलको निर्देशनमा नयाँ निर्माता कृष्ण पोख्रेलले चलचित्र ‘च्याम्पिएन’ बनाएका छन्, जसले नेपालमा बढ्दो क्रिकेटको लोकप्रियतालाई बढावा दिन सहयोग गरेको छ ।

दिकपाल कार्की, मन्दिता केसी, साहिल खान मुख्य भूमिकामा रहेको यो चलचित्रको बिषयवस्तुले दर्शकको मन छुनेमा विश्वस्त छन् निर्माता पोख्रेल । उनले पहिलो चलचित्र भएपनि आफूले खेलकुदको बिषयमा जोड दिएको बताए । फागुन १४ गतेबाट यो चलचित्र देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको ट्रेलरलाई रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment