Comments Add Comment

मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित

malesia
२९  माघ, काठमाडौं । मलेसियाले विदेशी कामदारसँग उठाउने लेभी बढाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । उद्योगी तथा व्यवसायीसँगको छलफलपछि मलेसियाले लेभीको दर बढाउने निर्णय तत्काल कार्यान्वयन नगर्ने  जनाएको हो ।

मलेसियन चेम्बर अफ कर्मसका महासचिवसँगको छलफलपछि मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहेमद जाहिद हमिदीले फेब्रुअरी २० सम्मका लागि निर्णय स्थगित भएको बताएको फ्रीमलेसियाटुडेले जनाएको छ ।

उनले फेब्रुअरी २० मा उद्योगी, व्यवसायी, कामदारका युनियन र सम्बन्धित गैह्रसरकारी संस्थाहरुसँग छलफल गरी लेभीबारे अन्तिम निर्णय गर्ने उल्लेख गरेका छन् ।

कुनै अध्ययन अनुसन्धान बिना लेभी बढाउने निर्णय गरेको भन्दै उद्योगीहरुले सरकारको आलोचना गरिरहेका छन् । मलेसिया सरकारले लेभी बढाएमा नेपाली कामदारहरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् ।

फेब्रुअरी १ देखि लागु हुने गरी मलेसियाले विदेशी कामदारको पारिश्रमिक माथि लागाउने लेभी ४ गुणासम्म बढाएको थियो ।
मलेसियाले २ दशमलव ५ अर्ब रिंगेट रकम लेभीबाट उठाउने लक्ष्य सहित लेभीको दर वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment