Comments Add Comment

तेल भर्दाभर्दै समातिए एउटै नम्बरका दुई मोटरसाइकल !

same number plate bike (2)

२९ माघ, काठमाडौं । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा बिहानैदेखि सरकारी सवारी साधनहरुको लाइन थियो । पूर्वसूचनाअनुसार सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि सरकारी सवारी साधनहरु लाइनमा पुगेका थिए ।

लाइनमा चारपांग्रे गाडीका साथै करिब एक सयवटा मोटरसाइकल पनि थिए । त्यही लाइनको बीचमा भेटिए एउटै नम्बरका दुईवटा सरकारी मोटरसाइकल ।

यामाहा र होन्डाको ग्लामर मोटरसाइकल दुबैमा सेतो नम्बर प्लेट थियो र दुबैमा लेखिएको थियो- बा २ ब १६९८ ।

एउटै नम्बरका दुईवटा मोटरसाइकल तेल भर्ने लाइनमा देखेपछि ट्राफिक प्रहरीले दुबैलाई नियन्त्रणमा लियो र कागजपत्र माग्यो । दुईवटा मध्य होन्डा ग्लामर बाइक विज्ञान तथा प्रविधि मन्त्रालयको रहेछ ।

same number plate bike (1)

अर्को यामाहा भने नुवाकोटस्थित सरकारी स्वास्थ्य कार्यालयको नाममा चलाएको भेटियो ।

ट्राफिक प्रहरीले विज्ञान मन्त्रालयको ब्लु बुक देखाउने मोटरसाइकल चालकलाई छाडिदिएको छ । ब्लु बुक नभएको अर्को मोटरसाइकललाई भने ट्राफिक प्रहरीले चालकसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बग्गीखानामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment