Comments Add Comment

मर्जरबाट निजी क्षेत्रकै ठूलो बन्यो प्रभु बैंक

Parbhu and Grand Bank Merger

२९ माघ, काठमाडौं । राष्ट्र बैंकले ल्याएको मर्जर नीतिबाटै प्रभु बैंक निजी क्षेत्रको ठूलो बैंक बन्न सफल भएको छ । शाखा, एटीएम, सेयरधनीको संख्यालगायतमा प्रभु बैंक निजी क्षेत्रका बैंकहरुमध्ये पहिलो नम्बरमा परेको छ ।

आठ वर्षअघि ३ करोड चुक्ता पुँजी राखेर फाइनान्स कम्पनीकोरुपमा स्थापना भएको प्रभु बैंकले मर्जरबाटै स्तरोन्नित भएर ५ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको छ । यस अवधिमा बैंकले आठवटा संस्थासँग मर्ज गरेको बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

शुक्रबारमात्रै प्रभु बैंकले ग्राण्ड बैंक गाभेर एकीकृत कारोबार सुरु गरेको छ । यसअघि विकास बैंक हुँदै तत्कालीन किष्ट बैंकलगायत चार संस्थालाई गाभेर ०७१ भदौ ३० गते प्रभु बैंककोरुपमा एकीकृत कारोबार गरेको थियो । भट्टचनले मर्जर निकै कठिन भएकाले तत्कालै ठूलो मर्जरमा नजाने बताएका छन् ।

‘हामीले आठवटा संस्था मर्ज गरिकेका छौं, मर्जरको दौरानमा निकै ठूल्ठूला कठिनाइ पनि भोगियो,’ भट्टचनले अनुभव सुनाए- ‘त्यसैले अब तत्काल ठूलो मर्जर गर्दैनौं ।’

तर, प्रभुको इच्छाले फेरि पनि मर्जर हुनसक्ने उनले बताए । ‘प्रभुको इच्छा भयो भने फेरि पनि ठूल्ठूला मर्जर भने हुने नै छन्,’ उनले भने ।

प्रभु समूहले समस्यामा परेका संस्थाहरुलाई मर्ज गरेर ती संस्थाका लगानीकर्ताहरुको उद्दार गरेको बताए । ‘किष्ट, ग्राण्ड लगायतका वित्तीय अस्था नकरात्मक रहेका संस्थाको दायित्व ठूलै हिम्मत गरेर लिएका हौं,’ उनले भने- ‘खारेजीमा रहेको नेपाल विकास बैंक हामीले नकिनेको भए त्यसको ‘लिक्विडेन’ प्रक्रिया टुंगिन अझै १० वर्ष लाग्थ्यो, हामीले किनेर उद्दार गरेका छौं ।

निकट भविष्यमा नै नेपाल विकास बैंकका सेयरधनीले प्रभु बैंकको सेयरको प्रमाणपत्र पाउने उनले बताए । प्रभुले ३ वर्षअघि नै ग्राण्ड बैंकसँग मर्जरको प्रक्रिया सुरु गरेको थियो । तर, त्यसबीचमा उसले एक वर्षको अवधिमै किष्टलाई गाभ्यो । अनि गत वर्षको माघ महिनामै ग्राण्डसँग मर्जरका लागि सैद्दान्तिक समझदारी गर्‍यो ।

‘ग्राण्डसँग मर्जरको प्रक्रिया थालेको एक वर्षमै एकीकृत कारोबार सुरु गर्न सफल भयौं’ भट्टचनले सुनाए- ‘किष्ट र ग्राण्डको जिम्मा लिँदै गर्दा लगानीकर्ता र निक्षेपकर्ता दुबैको हामीप्रति विश्वास थियो र मर्जर सफल पारेर विश्वास जितेरै छाड्यौं ।’

५५ करोड नाफा, अर्को त्रैमासमा अर्ब नाघ्ने

गत वर्षमात्रै बैंकले अर्ब बढी नाफा कमाएको अर्बपति बैंकको क्लबमा प्रवेस गरेको थियो । बैंकका अध्यक्ष भट्टचनका अनुसार चालु आर्थिक वर्षमा पनि बैंकले अर्ब बढी नाफा कमाउने छ ।

prabhu bank-1

एकीकृत कारोबार पश्चात चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ५५ करोड कमाएको भट्टचनले सुनाए ।

‘चैत्र मसान्तको वित्तीय विवरणमा ग्राण्ड बैंकको ४० करोड रुपैयाँ राइटअप हुन्छ, जसले ९ महिनामै बैंकको नाफा १ अर्ब बढी हुन्छ’ उनले भने । किष्ट बैंकसँग गाभिएपछि पनि राइटव्याक (संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता) बढेकाले गत वर्ष बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

७९ हजार सेयरधनी, साढे ७ लाख खातावाल

भट्टचनका अनुसार एकीकृत कारोबारपश्चात बैंक सबैभन्दा बढी सेयरधनी भएको बैंक बनेको छ । बैंकमा ७९ हजार जना सेयरधनी छन् भने साढे ७ लाख खातावाल छन् ।

त्यसैगरी शाखा संख्या १ सय ३६, एटीएम संख्या १ सय २२ र १३ सय जना कर्मचारी रहेको उनले जानकारी दिए । अहिले प्रभु बैंकको निस्त्रिmय कर्जा ५ प्रतिशत छ । तर, ग्राण्ड बैंकको खराब कर्जा ३४ प्रतिशत रहेकाले एकीकृत कारोबारपश्चात बैंकको खराब कर्जा ११ प्रतिशत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment