Comments Add Comment

बैंकर्स संघले भन्यो- हामीलाई तुरुन्त डेपुटी गभर्नर चाहियो

Upendra poudle, ceo Nmb bank२९ माघ, काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले तत्काल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्न सरकारसँग माग गरेको छ ।

गत पुस ९ गतेदेखि रिक्त रहेका राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको नियुक्त अझै हुन नक्दा बैंकिङ क्षेत्र प्रभावित भएको भन्दै संघले तत्काल डेपुटी गभर्नर नियुक्त गर्न माग गरेको छ ।

‘रिक्त भएको यतिका समय हुँदा पनि हामीले डेपुटी गभर्नर पाएका छैनौं । यस विषयमा राष्ट्र बैंक संवेदनशील नभएको हो कि सरकार ?’ प्रश्न गर्दै संघका अध्यक्ष उपेन्द्र पौडेलले भने- ‘हामी बैंकरहरुलाई तुरुन्त डेपुटी गभर्नर चाहियो ।’

शुक्रबार प्रभु र ग्रान्ड बैंक गाभिएर बनेको प्रभु बैंकको एकीकृत कारोबार उदघाटन समारोहमा मन्तव्य राखिसकेका अध्यक्ष पाैडेलले फेरि समय मागेर तत्काल डेपुटी गभर्नर नियुक्ति गर्न सरकारसँग माग गरेका हुन् ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले दुई हप्ताअघि नै डेपुटी गभर्नरका लागि चार जना कार्यकारी निर्देशकहरुका नाम सिफारिस गरेपनि सरकारले हालसम्म नयाँ डेपुटी गभर्नर नियुक्त गरेको छैन ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नरनले नयाा डेपुटी गभर्नरका लागि त्रिलोचन पंगेनी, शिवनाथ पाण्डे, चिन्तामणि सिवाकोटी र नारायण पौडेलको नाम सिफारिस गरेका छन् ।

गभर्नरले सिफारिस गरेकामध्ये १ जनामात्रै एमाले भएको भन्दै अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषदमा प्रस्ताब नै लगेको छैनन् । यसअघि गभर्नरले सिफारिस गरेकै हप्ता सरकारले नयाा डेपुटी गभर्नरको नियुक्ति गर्दै आएको थियो ।
एमालेको सरकार भएकाले दुबैजना डेपुटी गभर्नर एमालेकै हुनुपर्ने अर्थमन्त्रीको दाबी छ । तर, गभर्नरले तीन जना कांग्रेस निकट र एक जना एमाले निकट कार्यकारी निर्देशकको नाम नयाँ डेपुटी गभर्नरका लागि सरकारलाई सिफारिस गरेका छन् ।

गभर्नरले सिफारिस गरेकैमध्येबाट सरकारले नयाँ डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, सरकारले एमालेनिकट दुई जनाको नाम नभएको भन्दै गभर्नरले नाम सिफरिस गरेको दुईहप्ता विते पनि नियुक्ती गरेको छैन ।

सरकारले नयाँ डेपुटी गभर्नर नियुक्ति नगर्दा राष्ट्र बैंकका नियमित काम कारवाहीसमेत प्रभावित भएका छन् । डेपुटी गभर्नर राष्ट्र बैंकको उच्च व्यवस्थापनका साथै सञ्चालक समितिको सदस्य पनि हुने भएकाले डेपुटी गभर्नरको अभावमा राष्ट्र बैंकले महत्वपूर्ण कामहरू गर्न कठिन भएको हो।

यो पनि पढ्नुहोस्

 नयाँ डेपुटी गभर्नर बन्न कांग्रेस र एमालेवीच हानाथाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment