Comments Add Comment

‘नेपालका लागि माल्दिभ्ससँगको खेल ‘फाइनल’ सरह’

Football-Nepal-1

२९ माघ, काठमाडौं । साग गेम्स अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले शनिबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेहरु स्टेडियममा साँझ ७ः१५ मा हुनेछ । नेपाल र माल्दिभ्स पछिल्लो पटक बङबन्धु कपको सेमिफाइनलमा भेट भएको थियो । जुन खेलमा नेपालले नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा ४-० को शानदार जित हात पारेको थियो ।

शनिबार नेपाल जित दोहोर्‍याउन चाहन्छ । नेपालका प्रशिक्षक राजुकाजी शाक्यले माल्दिभ्ससँगको खेल फाइनल सरह भएको बताए । नेपालले पहिलो खेलमा भुटानलाई ५-० ले हराएको थियो भने बंगलादेशसँग २-१ को हार व्यहोरेको थियो ।

Football-Nepal

नेपाली टोलीका केही सदस्य घाइते भएकाले बंगलादेशसँगको खेलमा जोखिम लिन नचाहेको प्रशिक्षक शाक्यले बताए ।

बंगलादेशसँगकाे खेलमा उनले स्ट्राइकरहरु बिमल घर्तीमगर, अञ्जन बिष्ट र नियमित गोलकिपर बिकेश कुथुलाई आराम दिएका थिए ।

आफूहरु कीर्तिमान नजिक रहेको भन्दै शाक्यले पि्र म्याच प्रेस कन्फ्रेन्समा भने, मैले आफ्ना खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न भनेको छु । साग गेम्समा सफल भए नेपाली फुटबलको स्वरुप नै परिर्वतन हुन्छ ।’

नेपालले अहिलेसम्म १९८४ र १९९३ मा गरी साग गेम्सको फुटबलमा दुई पटक मात्र उपाधि जितेको छ । र, दुबै समयमा शाक्य टोलीका सदस्य थिए । १९९९ मा नेपालमै भएको आठौं सागमा माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment