Comments Add Comment

उच्चस्तरीय पर्यटन परिषदमा आठ जना नियूक्त

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उच्चस्तरीय पर्यटन परिषद्मा पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट आठ जनालाई मनोनित गरेका छन् ।

पर्यटन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु अम्बिका देवी श्रेष्ठ, लाक्पा सोनाम शेर्पा, भवानी राणालाई प्रधानमन्त्रीले परिषद्को सदस्यमा मनोनित गरेका हुन् ।

यसैगरी, पर्यटन व्यवसायी एवं संगठनबाट ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल,  नाट्टाका अध्यक्ष मधुसुदन आचार्य,  होटल संघ नेपाल (हान)का अध्यक्ष बीके श्रेष्ठ, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे मनोनित भएका हुन् ।

प्रधानमन्त्रीले शुक्रबार नै पोखरा पर्यटन परिषदको अध्यक्षमा बासु त्रिपाठीलाई मनोनित गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका व्यवसायीहरुका तर्फबाट परिषदको पदेन सदस्य छन् ।  विनासकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसायलाई गतिशील बनाउन परिषद गठन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment