Comments Add Comment

राउटे मुखियालाई प्रधानमन्त्रीले दिए जुत्ता उपहार

Pm-kp-oli-with-Raute

२९ माघ, काठमाडौं । राउटेका मुखियाहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्तासहित कपडा किनेर दिएका छन् ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन, जंगलबाट गाउँ-सहरमा आउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन थियो । परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment