Comments Add Comment

अफगानिस्तान बन्यो प्लेट च्याम्पियन

Afghanistan

२९ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तान पहिलो पटक प्लेट च्याम्पियन बनेको छ । बंगलादेशमा शुक्रबार भएको प्लेट फाइनलमा अफगानिस्तानले जिम्बावेलाई ५ विकेटले हरायो ।

अफगानिस्तान समूह चरणमा तेस्रो भयो र दोस्रो चरणमा पुग्न असफल रह्यो । तर, प्लेट च्याम्पियनसिपमा भने न्यूजिल्याण्ड र जिम्बावेलाई हराएर च्याम्पियन भएको छ ।

जिम्बावेले प्रस्तुत गरेको २१७ रनको लक्ष्य अफगानले ४६.५ ओभरमा मात्र ५ विकेट गुमाएर भेट्टायो । उसका लागि तारिकले १०६ रन बनाए भने रसिदखादे ५५ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment