Comments Add Comment

आयुर्वेदिक पनि बेच्न पाउनुपर्ने एलोपेथिक औषधि व्यवसायीको माग

aausadhi-byabasayi
२९ माघ, भक्तपुर । एलोपेथिक औषधि व्यवसायीले एलोपेथिकसँगै आयुर्वेदिक औषधि पनि बेच्न पाउनुपर्ने माग गरेका छन् ।

भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ७ दिने पुनर्ताजगी तालिमको उद्घाटनमा व्यवसायीले कानुनलाई संशोधन गरेर भएपनि दुवै किसिमका औषधि बेच्न पाउनुपर्ने माग गरे ।

‘साना कुरामा जनतालाई दुःख दिनु हुँदैन,’ संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने-‘व्यवसायीलाई आयुर्वेदिक औषधि पनि बेच्न छुट गर्नुपर्छ ।’

श्रेष्ठले कानुन संशोधन गर्दैै थप तालिम प्रदान गरेर औषधि व्यवस्था विभागले बाधा फुकाउनुपर्ने बताए ।  कार्यक्रममा संघका बागमती अध्यक्ष निरञ्जनप्रसाद रिसालले तालिम दिएर सक्षम बनाउने जिम्मा आफूहरुले लिने भन्दै सहज बन्न विभागलाई आग्रह गरे ।

सल्लाहकार रामचन्द्र शर्मा र महासचिव सम्राटमान जोशीले पनि विभागले नियमन मात्र नभएर व्यवसायीलाई संरक्षकत्व पनि प्रदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले व्यवसायीको मागलाई औषधि सल्लाहकार समितिमा राख्ने जानकारी दिए ।

‘आयुर्वेदिक व्यवसायीले एलोपेथिक पनि बेच्न पाउनुपर्छ भने के भन्ने ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment