Comments Add Comment

पाकिस्तानी अम्पाएर असदलाई पाँच बर्षको प्रतिबन्ध

Ashad-Rauf

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको अनुशासन समितिले पाकिस्तानी क्रिकेट अम्पाएर असद रउफलाई पाँच बर्षको प्रतिबन्ध लगाएको छ ।

भ्रष्टाचार र गलत व्यवहारका कारण उनलाई प्रतिबन्ध लगाइएको बीसीसीआईले प्रष्ट पारेको छ ।

पाँच बर्षसम्म असदले बीसीसीआईसंग आवद्ध भई क्रिकेट खेल्न तथा अम्पायरिङ गर्न पाउने छैनन् ।

बिसीसीआईको तर्फबाट जारी बिज्ञप्तिमा असदलाई शुक्रबारको बयानमा उपस्थित हुन भनिएको तर उनी उपस्थित नभएको उल्लेख छ ।

असदले १५ जनवरी र ८ फेव्रुअरीमा बीसीसीआई समक्ष लिखित स्पष्टिकरण दिएका थिए । जसमा चित्त नबुझेपछि बिसीसीआइको अनुशासन कमिटीले स्वयं उपस्थित हुन भनेको थियो ।

सन् २०१३ मा भएको आइपीएल म्याच फिक्सिङ प्रकरण यता असदलाई बीसीसीआइले निगरानी गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment