Comments Add Comment

राजनीतिक संयन्त्रले मधेस आन्दोलनलाई निकास दिन्छः ठाकुर

२९ माघ, विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले राजनीतिक संयन्त्र बनाएर सीमांकन विवाद मिलाउनु सकारात्मक रहेको बताएका छन् ।

Mahanta Thakurमधेसी मोर्चाको मागको बटमलाइन प्रदेशको सीमांकन रहेकाले यसलाई राजनीति संयन्त्रले निकास दिनेमा ठाकुर बिश्वस्त छन् ।

बिराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले वार्ता र छलफलवाटै मधेशको समस्यालाई टुंग्याउन सयन्त्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । मधेसको समस्या राजनितिक भएकाले यसलाई राजनितिक तवरवाटै समाधान खोजिनुपर्नेमा उनकत्त जोड थियो ।

तमलोपा अध्यक्ष ठाकुरले मधेसमा दुई प्रदेश कायम गरेर सीमाकंनको विषय टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । अध्यक्ष ठाकुरले जनताको भावनालाइ वुझेर मधेसी मोर्चाले आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको जानकारी दिए ।

शुक्रबार मधेसी मोर्चासहित मुख्य तीनदलको छलफलमा आइतवारसम्म सीमाङनको विवाद हल गर्न राजनीतिक संयन्त्र वनाउने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment